नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। हाल युएईमा रहेका श्रेष्ठले आफू कोरोनाको संक्रमणबाट गुज्रिरहेको पुष्टि सोमबार गरेका हुन्। आफूलाई चार दिनअघि कोरोनाको संक्रमण पुष्टि भएको बताउँदै श्रेष्ठले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका छन्।

कोरोनाको संक्रमण भएपछि आफू अहिले सेल्फ आइसोलेसनमा बसिरहेको पनि उनले बताएका छन्। पूर्वमिडफिल्डर श्रेष्ठले कोरोना लाग्दैमा आत्तिनु नपर्ने पनि बताएका छन्। ‘अहिले कोठामा एक्लै बस्दै आएको छु। साथीभाइहरु नडराउनु होला। डर मान्नु पर्ने खालको छैन।मेरो दोस्रो परीक्षणमा के हुन्छ त्यतिबेला म तपाईहरुलाई भन्नेछु,’ उनले भिडियोमा भनेका छन्।

श्रेष्ठ अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याचका खेलाडी हुन्। उनले सन् २०१० मा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद (साग) नेपाली राष्ट्रिय टिमबाट खेलेका थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।