भारतले विवादित भूमि लिपुलेक हुँदै चीनको मानवसरोवरसम्म पुग्ने सडक बनाएकोमा विभिन्न दल र नेताले विरोध गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतले अनधिकृत रुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको भुमिमा सडक बनाएर उद्घाटन गरेको प्रति आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जाल टुईटरमा टुइट गर्दै “भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।हामी सबै कोरोना बिरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुध्द सरकारले तु कदम चालोस् ।” भनेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।