डा. यम सिलवाल

-डा. यम सिलवाल,खोज मानविय जीवनको मुल चरित्र हो । सत्य के हो जान्न खोज्नु मान्छेको प्राकृतिक गुण हो । प्रत्येक व्यक्तिमा नया“ विषय वा वस्तुको बारेमा बुझ्न र जान्न चाहने अभिलाषा रहेको हुन्छ । तर सत्य जटिल, गतिशिल, विशिष्ट र धुलमिल वा दुर्बोध अवस्थामा अनुभुत हुन्छ । सत्य सधैं आशंकित तथा विवादित रह“दै आएको छ । महान बैज्ञानिक अल्बर्ट आइस्टाइन सत्यलाई केहि हद सम्म भ्रम मान्दछन यद्यपि सत्य निकै अटल रहन्छ र मानविय सोंच तथा  विचारको निरन्तरताले सत्यको दायरा बढ्दै जानेछ । यसरी हेर्दा हामिले मान्दै आएका सत्य सापेक्षित छन, निर्विकल्प छैनन् । तैपनि मानव जातिले अनुसन्धान विधि द्वारा नया“ नया“ सत्य तथ्य वा ज्ञानको खोज गर्न हार खाएको छैन । मानव जगतका लागि अपरिहार्य विविध वस्तु, विधि, सिद्घान्त आदि अनुसन्धानको माध्यम बाट विकसित भई नै रहेकाछन । यसले मानव जीवनलाई उपयोगी बनाउ“न मद्दत गर्दछ ।

सुकरात, प्लेटो र अरस्तु जस्ता प्राचिन युनान दार्शनिकहरुले इसापूर्व चार सय बर्ष देखि नै वर्तमान अनुसन्धान दर्शनको आधार दिएका थिय । यद्यपि १५औं शताब्दी पूर्व सम्म सबै प्रकारका सत्य असत्य, ठिक बेठिकको निरुपण वा निक्र्यौल धार्मिक ग्रन्थहरु र चर्च, मस्जित तथा मठमन्दिरहरु बाट हुने गर्दथ्यो । १५औं र १६औं शताब्दी देखि अप्रामाणिक र तर्कहिन सत्यमा प्रश्न तथा प्रतिवाद हुन थाल्यो । ग्यालिलियो लगायत आविस्कारक व्यक्तिहरुका कारण चर्च र विज्ञान विच द्वन्द भयो । त्यस्तै फ्रान्सिस ब्याकन, थोमस होब्स आदिले अनुसन्धान विधिको विकास र प्रयोग गरी प्रामाणिक सत्य वा ज्ञान पहिचानको मार्ग प्रशस्त गरिदिए । ज्ञान विज्ञान हामि बाट कतै पर हुने हैन बरु हाम्रै अभ्यास, अनुभव, अनुभुती तथा वरपर परिवेश मै छ र त्यसको आवश्यकता, उपादयता र लाभदायकताको पुष्टी अनुसन्धान पद्दतिले गर्दछ । त्यसैले यहा“ अनुसन्धान दर्शन तथा अनुसन्धान दर्शन विश्व दृष्टिका केहि प्रमुख पक्षहरु बारे संक्षिप्तमा प्रस्तुत गरिएको छ ।

सत्य केको आधारमा तय गर्ने हो, सत्य एकमात्र छ, अविछिन्न तथा सर्वव्यापी छ, यसलाई त खोज्न र बुझ्न मात्र पर्दछ भन्ने मान्यता एकातर्पm छ भने अर्काे तर्पm सत्य बहुआयामिक छ, सत्य समय र परिस्थितिजन्य हुन्छ वा सत्य निरन्तर छलफल, बहस तथा व्याख्या द्वारा सिर्जित हुन्छ भन्ने मान्यता छ जसलाई Ontology भनिन्छ । हामिले के सिक्यौं र कसरी सिक्यौं वा सिकेका र जानेका ज्ञान कुन पद्दति तथा विधि बाट आर्जन ग¥यौं, त्यसको श्रोत तथा विधिको अध्ययनलाई अनुसन्धान दर्शनमा Epistemology भनिन्छ । हरेक व्यक्ति निश्चित परिवेश, स“स्कृती, मुल्य, मान्यता, विश्वास आदीमा हुर्के बढेको हुन्छ र त्यस बाट प्रभावित भई सत्यलाई परख्ने वा बुझ्ने गर्दछ र यसलाई Axiologyभनिन्छ । अनुसन्धानकर्ताले अध्ययन गरेर कुनै विषय वस्तु वा सत्य स्थापित गर्ने अन्तरनिहित लक्ष्य राखेको हुन्छ र यसलाई Teleology भनिन्छ । यि सबै अनुसन्धान दर्शनका हागाहरु हुन ।

अनुसन्धानका मुख्यत दुई वटा क्षेत्रहरु छन र ति हुन प्रकृति विज्ञान र समाज विज्ञान । प्रकृति विज्ञान जीव, वनस्पति, रसायन, पद्वार्थ, सौर्य मण्डल आदि बारेको रहस्यको खोज गर्दछ । समाज विज्ञान सामाजिक संरचना, समाज परिवर्तन, राजनीति, अर्थ, विविध व्यक्तिगत आयाम इत्यदि बारेमा अध्ययन गर्दछ । वैज्ञानिक अनुसन्धानको शुरुवात सदृश्य, मापनयोग्य तथा भौतिक परिक्षण गरी आउने निष्कर्ष लाई मात्र सत्य मान्य दार्शनिक आधार बाट भयो र यसलाई Positivist  भनिन्छ । यस दर्शनले एकल सत्यलाई मान्दछ र संख्यात्मक विधि (Quantitative Approach) अपनाउदछ । विद्वान अगष्ते कोम्प्टे ले प्रकृति विज्ञानको अनुसन्धान विधिलाई समाजको अध्ययन गर्न र बुझ्न सकिने भनि प्रयोगमा ल्याएका थिए । सबै अवस्थामा संख्यामा मात्र मापन गरेर सत्यको नजिक पुग्न सकिंदैन, त्यसैले संख्यात्मक स“गै भावना  विचार आदिलाई पनि समावेश गरेर गहन विश्लेषण गर्नुपर्दछ भन्ने मान्यता कार्ल पोपर, थोमस कुहन, राम राय भाष्कर आदि विद्वानहरुले स्थापित गरिदिए र यसलाई Postpositivism भनिन्छ ।

मानिसहरु आ–आºनै सामाजिक परिवेश, संस्कृति, तथा परिस्थिति विषेशमा रहेका हुन्छन र सोहि अनुसारको अनुभव  तथा धारणाहरु हुन्छन र त्यसै अनुरुपको व्यख्या तथा बुझाई हुन्छन । सत्य समाज तथा परिवेश सापेक्ष हुन्छ भन्ने यस्तो मान्यता राख्ने दर्शन Constructivism jf Interpretivism हो । यहा खुलस्त रुपमा मानिसहरुका अवधारणाहरु संकलन गरी विश्लेषण गरिन्छ र अर्थ लगाईन्छ अथवा या गुणात्मक विधि Qualitative Approach  आधारित हुन्छ । समाजका विविध पक्षहरुको अध्ययनका लागि यो दर्शन उपयुक्त छ । यसका साथै समाजका विभिन्न अंग तथा प्रणालीहरुको संयोजन, कार्य, अन्तरघुलन, अन्तरसम्वन्ध र प्रभाव आदिको अध्ययन Structural Funtionalism ले गर्दछ । उपरोक्त अनुसन्धान दर्शनहरुले समाजमा बहिष्करण, तथा पछाडी परेका वा परिएका सिमान्तकृत समुदायहरुको समस्याहरु समाधान नगरेको हुनाले खासगरी  असमानता, थिचोमिचो, दमन, शोषण, छुवाछुत, सशक्तिकरण, हक, अधिकार, समानता, न्याय ईत्यादिको निदान सम्वन्धित विशिष्ट अध्ययन गरी सत्य तथ्य निक्र्यौल हुनुपर्छ भन्ने मान्यता राख्ने दर्शन Advocacy/Participatory Worldview  हो । यस अन्तर्गत गुणात्मक विधिलाई प्रयोग गरिन्छ यद्यपि यसले संख्यात्मक विधिलाई पनि आधार तयार गर्दछ । सत्य पहिचान गर्ने कुनै एउटा मान्यता वा दर्शनमा मात्र आफुलाई आशक्त नराखी सत्यको खोज गर्न परिस्थिति र विषय वस्तु अनुरुप आवश्यक पर्ने जुनसुकै पद्दति वा विधि अपनाउन  सकिन्छ भन्ने मान्यता भएको दर्शनलाई Pragmatism भनिन्छ । यस अन्तर्गत आवश्यकता अनुसार सबै उपयुक्त अनुसन्धानका विधिहरु प्रयोगमा ल्याउन सकिन्छ ।

अनुसन्धानकर्ताले आफु कुन अनुसन्धान दर्शन बाट निर्देशित छु भन्ने कुराको हेक्का राख्नु पर्दछ र अनुसन्धान गर्न  लागिएको विषय वस्तु कुन अनुसन्धान दर्शनमा आधारित छ भन्ने पनि निक्र्यौल गर्नुपर्दछ किनकि अनुसन्धान पद्घति,  अनुसन्धान ढा“चा र अनुसन्धान विधि अनुसन्धान दर्शनले निर्धारण गर्दछ  । नेपालमा औपचारिक उच्च  शिक्षाको शुरुवात विश्वजगत भन्दा निक्कै पछि मात्र भएको हुनाले अनुसन्धान वा अनुसन्धान दर्शनका बारेमा उच्च शैक्षिक व्यक्तित्वहरु बिचमा त्यत्ती छलफल तथा बहस भएको पाईंदैन । तर खोज मुलक वा अनुसन्धान मुलक शिक्षाका लागि निरन्तर अनुसन्धानमा लाग्न आवश्यक छ भने अनुसन्धानलाई तार्किक, प्रामाणिक तथा विश्वसनिय बनाउन अनुसन्धान दर्शनको ज्ञान निसन्देह बान्छनिय छ ।

हाम्रो देश भित्र प्राकृतिक विज्ञान तथा सामाजिक विज्ञानको क्षेत्रमा अनुसन्धान गर्न अनगिन्ती समस्याहरु तथा मुद्दाहरु विद्यमान रहेकाछन । कृषि उत्पादकत्व वृद्घि तथा व्यवसायिकिकरण, जडिबुटी, वनस्पति, खानी, खनिज, जैविक, वातावरण ईत्यादि प्राकृतिक विज्ञानका क्षेत्रमा र विप्रेषण तथा वैदेशिक सहायतामा आधारित अर्थतन्त्र, कमजोर गुणस्तरिय शिक्षा, स्वास्थ्य, युवा पलायन, आर्थिक सामाजिक असमानता, जीवन जिउने बढ्दो लागत, गरिबी निवारण, राजनीति, जनजाति, बेरोजगारी, भ्रष्टाचार, नातावाद, कृपावाद, अकर्मण्य तथा भ्रष्ट कर्मचारी तन्त्र, जथाभावी शहरीकरण तथा विकास निर्माण, जटिल भुराजनीतिक अवस्थिति, उद्यमशिलता, व्यापार घाटा आदि लगायत कैयन सामाजिक क्षेत्रहरुमा समस्याहरु हाम्रा सामु देखिन्छन र समाधानका लागि निदानहरु पहिल्याउन पर्ने छन । उपयुक्त दर्शन, पद्दति तथा विधिहरुको माध्यम बाट अध्ययन गरी आउने निचोडहरुमा आधारित भई निर्णयहरु लिने परिपाटी विकास भएमा मात्र हामि समाज र देशलाई सहि  दिशा दिन सक्छौं ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।