file photo

हेटौँडा,२०,बैशाख ।
नेकपा उपाध्यक्ष बामदेव गौतम तथा गृहमन्त्री रामबहादुर थापाले केपी ओलीले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा बरिष्ठ नेता माधवकुमार नेपालको गठवन्धन भत्कीएको छ ।  आज हुने सचिवालय बैठकको केहि समय पहिले प्रचण्ड-नेपालको गठवन्धनलाई धक्का लागेको हो ।
नेकपा श्रोतले दिएको जानकारी अनुसार अब ओली पक्षमा बामदेब, बादल, विष्णु पौडेल तथा इश्वर पोखरेल हुनेछन भने दाहाल-नेपाल पक्षमा नारायणकाजी श्रेष्ठमात्र हुनेछन् । यो सँगै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा अध्यक्ष दुबै पद छाडनुपर्ने छैन् ।

आज विहान प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसँग भेट गरेका थिए । उनीहरुबिच के सहमति भएको भन्ने विषय हालसम्म खुलेको छैन । तर गौतम यो प्रधानमन्त्री ओलीको समर्थमा उत्रिएको श्रोतको दाबी छ । यो सँगै भैसेपाटी गठवन्धन भत्कीएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।