दण्ड स्वरुप मान्छेहरु गाउँ निकाला वा देश निकाला भएका समाचार त सुनिएकै थियो । तर यो दुनियाँमा कुखुराको भालेसमेत गाउँ निकाला हुँदो रहेछ । भालेलाई गाउँ निकाला गर्नुको कारण पनि अचम्मकै छ । वास्तवमा ठूलो आवाजमा कुखुरी काँ‘गरेर बासेको अभियोगमा उक्त भाले गाउँ निकालामा परेको हो ।

आखिर कुखुराको भालेको कामै बास्ने त हो । तर आफ्नो यो पहिचान एउटा भालेका लागि अभिशाप बन्यो । यसरी चिच्याएर बासेको आरोपमा एउटा भाले गाउँ निकालामा परेको घटना युरोपेली मुलुक अष्ट्रियाको हो ।

अष्ट्रियाको मार्कस्र्डर्फमा कुखुराको भाले बासेका कारण गाउँलेहरुलाई डिस्टर्ब भएपछि भालेविरुद्ध उजुरी पर्‍यो । उक्त भालेको आवाजले दिक्क बनाएको भन्दै धेरै गाउँलेहरुले उजुरी गरे । जसका कारण भालेलाई गाउँ निकाला गर्ने निर्णय भएको छ । उसका लागि नयाँ वासस्थान खोज्ने प्रक्रिया अघि बढिसकेको छ ।

स्थानीय एउटा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई देखाउनका लागि भन्दै स्थानीय एक जना महिलाको घरमा पालेर राखेको उक्त भालेको आवाज स्थानीयवासीहरुलाई पटक्कै चित्त बुझेन । विद्यार्थीहरुलाई देखाउनका लागि भन्दै विद्यालयले उक्त घरमा तिनवटा कुखुरा पालेको थियो । त्यसमध्ये दुईवटा भाले र एउटा पोथी थियो ।

भालेहरु पटक(पटक जोडसँग बास्ने मात्र नभै एक आपसमा लडाइँ झगडा गर्दासमेत ठूलो(ठूलो आवाज निकाल्ने भएपछि दुईवटा भालेमध्ये ठूलो आवाज निकाल्ने भालेलाई त्यहाँबाट निकाला गर्ने निर्णय गरिएको हो । तर एउटा भाले र अर्को पोथी भने त्यहीँ नै रहन पाउनेछन् ।

कुखुरा पाल्ने ती महिलाले भने उक्त भाले निकै असल स्वभावको रहेको र आवाज मात्रै ठूलो रहेको बताएकी छिन् । गाउँ निकाला गरिने भालेका लागि नयाँ घरको खोजी भैरहेको तर अहिलेसम्म कुखुरा पाल्ने मानिस फेला नपरेको उनको भनाइ छ ।

यदि उक्त कुखुरा पाल्ने मानिस फेला नपरेमा चाहीँ कुखुरालाई बधशालामा पठाइनेछ। अनलाईनखबर


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।