Pin auf Sad Pictures

एजेन्सी,  वैशाख । बलिउडमा जब सासु-बुहारीको सन्दर्भ उठ्छ तब सबैको मुखमा आउने पहिलो नाम भनेकै जया बच्चन र ऐश्वर्य राय हो । यी दुबै सासु बुहारी मिडियामा छाइरहन्छन् ।

अहिले पुनः यी सासु बुहारी चर्चामा आएका छन् । यी सासु बुहारीबीच फेरी मनमुटाव भएको खबर बाहिर आएको थियो । तर ती सबै झूठो अफवाह भएको कुरा फेरी बाहिर आयो ।

विवाहपछि ऐश्वर्य पुरै परिवारमा समर्पित भएकी छिन् । उनी सबै किसिमको पारिवारिक कार्यक्रमहरुमा उपस्थित हुन्छिन् । यो कुरा स्वयम् उनी सासु जया बच्चनले स्विकार गरेकी छिन् ।

तर एकपटक यस्तै एउटा पारिवारिक भेला सम्मेलनमा जया बच्चनले ऐश्वर्यलाई केही यस्ता् भनिदिइन् जसले गर्दा ऐश्वर्यले आफ्नो आशु थाम्न सकेकी थिइनन् । भर्खरै त्यो पुरै घटनाक्रमको भिडियो सार्वजनिक भएको छ ।

भाइरल भएको उक्त भिडियो २००७ सालको हो । जब ऐश्वर्य बच्चन खानदानकी बुहारी बन्नेवाला थिइन् । उक्त भिडियोमा जयाले ऐश्वर्यको स्वागत गर्दै थिइन् र त्यो समय ऐश्वर्य एकदमै धेरै इमोसनल भइन् ।

भिडियोमा ऐश्वर्य अभिषेक बच्चनको साथमा बसेकी थिइन् र सासु जया बच्चनले सबैको सामुन्ने ऐश्वर्य चाँढै नै आफ्नो घरको सदस्य बन्न लागेको घोषणा गरेकी थिइन् ।

बच्चन परिवार बलिउडको सबैभन्दा खुशहाल परिवार मानिन्छ । ऐश्वर्य र अभिषेकको विवाह २००७ सालमा भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।