-मञ्जुश्री,हरेक बालबालिकालागि उसको पहिलो पाठशाला भनेको उसको घर हो र उसको पहिलो गुरु भनेको उसका आमा बाबु हुन् । बालबालिकाले सुरुमा घरमा जे सिक्छन त्यो छाप सदैब ताजा नै रहि रहन्छ । विद्यालय जान थालेपछि मात्र शिक्षकले गरेका कुराहरु मात्र सही हुन् भन्ने छाप उनीहरुमा पर्ने गर्छ ।एउटा वास्तविकता यो हो की संस्कार उनीहरुले घरबाट सिकेर आँउछन भने शिक्षा र अनुशासन बिद्यालयबाट आर्जन गर्ने कुरा हुन् ।

कुन बालबालिका कस्तो घर परीवारबाट आएको हो भन्ने कुरा उसको आनीबानी र ब्यवहारबाट पहिलो दिनमै थाहा हुन्छ । त्यसैले आफ्ना बालबालिकालाई असल संस्कार दिनु सबैभन्दा महत्वपूर्ण कुरा हो किनभने संस्कारी बच्चाहरु हरेक कुरामा अगाडी हुन्छन् । खुलेर प्रस्तुत हुन्छन उनीहरुको मन सफा हुन्छ । कसैसंग रिस राग राख्दैनन् । सहयोगी भावनाका हुन्छन् र सहन सक्ने शक्ति हुन्छ त्यस्ता बिद्यार्थीहरु सदैब गुरुका प्रिय हुन्छन र पढाइमा पनि अगाडि नै हुन्छन् ।

त्यसैले आफ्ना नानीहरुलाई सैद्धान्तिक शिक्षामा मात्र दिएर पुग्दैन ब्यवहारीक शिक्षा दिनुपनि उत्तिकै जरुरी छ । हुनतः हाम्रो पालामा हामीले पढेका र पढाएका नैतिक शिक्षा र संस्कृत बिषयहरु जीवनलाई सार्थक बनाउने अत्यन्तै महत्वपूर्ण बिषयहरु थिए तर दुर्भाग्यबस यी दुबै बिषयहरुलाई पाठ्यक्रमबाट हटाइएको छ । जसलेगर्दा आजभोलीका बालबालिकाहरुमा नैतिकतामा कमी हुदै गएको हो की भन्ने आभास गर्न सकिन्छ । त्यो बेलाको संस्कृत पुस्तकमा भएको यस श्लोकले त्यो बेलाका बिद्यार्थीहरुमा एकदम अनुशासन थियो ।

गुरु ब्रम्हा गुरु बिष्णु !

गुरु देवा महेश्वरा !!

गुरु साक्षात परम ब्रम्हा !

तश्मै श्री गुरु देबो नम ः

गुरु देबो भब

अतिथि देबो भव

पितृ देबो भव

यस्तो बाणीहरु गुरुबाट श्रवण गरिन्थ्यो र गुरु तथा मातापितालाई अत्यन्तै श्रद्धा गरिन्थ्यो । मनमा डर हुन्थ्यो र सँधै आज्ञाको पालना गरिन्थ्यो । तर आज यी सब एकादेशका कथा सरह भएका छन् । त्यसैले दिन प्रति दिन हाम्रा वालवालिकाहरु यो मार्गबाट बिस्तारै पाइला मोड्न खोज्दैछन । यस्तै हो भने भोलिको भबिष्य कुन दिशातर्फ उन्मुख हुनेछ भन्न सकिने अवस्था छैन । अब प्रत्येक अभिभावकले आफ्ना सन्तानप्रति बेलैमा सचेत हुनुपर्ने अवस्था आइसकेको छ । उनीहरुका हरेक कृयाकलापमा अभिभावकिय भूमिका प्रमुख रहन्छ । त्यसैले यो लकडाउनको बेलामा हरेक अभिभावकहरुले निम्न भूमिकाहरु अनिवार्यरुपमा आफ्ना बालबालिकाहरुलाई दिनु नितान्त आवश्यक छ जस्तो लाग्दछ ।

१) बालबालिकाहरुको नियमीत कृयाकलापमा ध्यान दिने ।

२) आजको यो ब्यस्त परीबेशमा आफुले आफ्ना बालबालीका हरुलाई यो बेलामा पुरा समय दिने ।

३) बालबालिकाहरुलाई रचनात्मक कार्यमा लगाउने ।

४) ब्यस्तताको बाबजुद बालबालिकाहरुले सिक्न नपाएका बालबालीकाको रुचीको बिषयहरु छन भने यो समयमा सिक्न उत्प्रेरीत गर्ने ।

५) सम्भब भएसम्म Educational teaching material भएको बिभिन्न APP download गरी बालबालिकाहरुलाई पढ्ने वातावरण मिलाइदिने ।

६) नैतिक शिक्षाको साथै ब्यवहारीक शिक्षाको ज्ञान दिने जस्तै : खाना पकाउने, घर सफ ागर्ने

७) सदैब सकारात्मक सोच्ने र सकारात्मक शिक्षा प्रदान गर्ने ।

यो पनि:

लकडाउको समयमा ‘अनलाइन क्लास’ कतिको उपयोगी ?


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।