बलिवुड अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ । भारतीय एजेन्सी पिटीआईका अनुसार अचानक स्वास्थ्य खराब भएपछि गएराती ऋषि कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ ।

६७ बर्षिय अभिनेता कपुर लामो समयदेखि क्यान्सरबाट पिडित रहेका छन् । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि भर्ना गरिएको र अहिले उनको स्वास्थ्य स्थीर रहेको उनका दाजु रणधीर कपुरलाई उदृत गर्दै पिटीआईले उल्लेख गरेको छ ।

ऋषि कपुर गत सेप्टेम्बरमा मात्र अमेरिकामा लामो समयको उपचारपछि मुम्बई फर्किएका थिए । उनी गत फेब्रुअरीमा समेत स्वास्थ्यमा समस्या हुदा अस्पताल भर्ना भएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।