file photo

१८ बैशाख,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले १४ बर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीबारे बहस गर्न अपिल गरेका छन् । सामाजिक संजाल टइटरमा टुईट गर्दै अध्यक्ष  थापाले १४ बर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सहमति कायम गरि अघि बढौं भन्दै अध्यक्ष थापाले देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिता विहिन, अभिवावक विहिन र धरातलिय यथार्थ विपरितको व्यवस्था भएको बताएका छन् । थापाले भनेका छन् – ‘ तितोलाग्न सक्छ,तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिता विहिन,अभिवावक विहिन र धरातलिय यथार्थ विपरितको व्यवस्था/प्रणाली हो । पहिलेको व्यवस्था ठीक थियो भन्ने होईन,तर त्यसमा क्रमिक सुधारगर्दै जानु उपयुक्त हुनेथियो । अब जे हुने….भैसक्यो, पुरानो व्यवस्थामा फर्कने होईन, संभव पनि छैन । १४ बर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं । राष्ट्रिय सहमति कायम गरि अघि बढौं ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।