file photo

बलिवुड अभिनेरा इमरान खानको स्वास्थ्य अवस्था बिग्रिएपछि आइसीयुमा भर्ना गरिएको छ । पछिल्लो केहि दिनदेखि मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचाररत अभिनेता इरफानको स्वास्थ्य झन खराब भएपछि आइसीयुमा भर्ना गरिएको भरतीय मिडियाहरुले बताएका छन् ।

इरफानको पेटमा दुखाई रहेको र उनको आन्द्रा सुन्निएको  मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । अस्पतालले इरफानको स्वास्थ्य अवस्था स्थिर रहेको र छिटै सुधार हुने बताएको छ । यहि अप्रिल २५ मा आफ्नी आमाको निधन हुदा समेत इरफान लकडाउन र आफ्नो स्वास्थ्यका कारण आमाको निधनपछि राजस्थान पुग्न सकेका थिएनन् ।

२०१७ देखि स्वास्थ्य समस्यामा रहेका इरफानले गतबर्ष ठिक भएर नयाँ फिल्म अंग्रेजी मिडियममा काम गरेका थिए । अंग्रेजी मिडियम रिलिज हुनासाथ कोरोनाको संक्रमण बढेपछि लकडाउन हुदा फिल्मको रिलिज समेत रोकिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।