-एसके. निधन,प्रधानमन्त्री केपी शर्मा वलीको ब्यक्तिबादी सोच र प्रयोग उन्मुख प्रयासलेको उपजले नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको छ । यसो त अप्ठ्यारोमा बाङ्गो फंडा फ्याकेर जनमानसमा अन्योल सृजना गर्न खप्पिस वलीले बेलाबेलामा राजनैतिक तमासा गरिरहन्छ । यो उनको स्वार्थ स्थापित गराउने वा कमजोरी ढाकछोप गर्ने मौलिक शैली हो । तर समय सदै आफ्नो हुदैन । खोलो सदै सिधा हिड्दैन  भने जस्तो यसपटक उनको चाल उनैलाई फलामको चिउरा भएको छ । आफैले आफुलाई सर्वाधिक शक्तिशाली प्रधानमन्त्रीको रुपमा स्थापित गराउन राष्ट्रपतिलाई प्रभावमा पारि उनले ल्याएको राजनैतिक दल सम्बन्धि पछिल्लो अध्यादेशले उनलाई एकपटक पुन: पार्टी भन्दा माथि पार्टीको नेता हुन् सक्दैन भन्ने पाठ जवरजस्ती पढाएर गएको छ । नेकपा भित्रको शक्ति-सन्तुलनमा आफ्नो स्थान कमजोर देख्नु ,पुर्व एमाललेका प्रभाशाली नेता  पनि पुर्व माओबादीको खेमा देखिनु ,बामदेव बाउठीरहनु,आफैले प्रमोशन गरेका झलनाथ  निरिह बन्नु तथा गुटिए राजनीतिमा एइजेरु सस्कार पालेका माधव नेपाल गिभ एन्ड टेकमा बढी महत्वाकांक्षी हुनुले वलि खेमा अधैर्य थियो । भने अर्को तर्फ चलाएमान र अधीर स्वभावका प्रचण्डमा देखिएको मौनताले कतै भित्र-भित्र प्रतिकुल खिचडी त पाकेन उनको चिन्ताको बिषय थियो ।

प्रायजसो रणनैतिक रुपमा साघुरो घेरा भित्र बसेर कुटिल चाल चाल्न खप्पिस उनि केहि हनुमानी सल्लाहकारको भुमरीमा अल्मलिने गर्छन ।पछिल्लो समयमा पार्टी भित्रको शक्ति सन्तुलनमा आफ्नो वर्चस्व कायम गर्ने उपाएको रुपमा कसैले उनलाई उक्साएकै हुनु पर्छ । यो नभनु अब त्यो भैसक्यो । त्यो राजनैतिक दल सम्बधि अध्यादेश पनि उनको गुट बलियो बनाउने प्रयोजनले प्रेरित थियो भनि अनुमान गर्न गाह्रो छैन । साना पार्टी विभाजन गर्न सहज बनाउने ,आफ्नो अनुकुलतामा शक्ति र सत्ताको दुरुपयोग गर्ने अनि पार्टी एकिकरणको नाममा पार्टी भित्र आफ्नो पल्ल बलियो हुने गरि सेटलमेन्ट गर्ने उनको चाह अन्तत: बहिस्कृत भयो नै तर पनि राज्यका राष्ट्र सेवकको समेत दुरुपयोग  गर्दै आफु अनुकुल परिवेश निर्माणको लागि राजनैतिक अपहरण गर्ने कार्यको समेत नेतृत्व गर्नुले उनको राजनीतिक नैतिकतामाथि समेत कठोर प्रश्न उब्जियो ।

नेकपा भित्र नै अध्यादेशको चर्को बिरोध भएको अवस्थामा प्रतिपक्षदले यसको  बिरोध गर्नु कुनै  अनोठो बिषय रहेन । पछील्लो अध्यादेशको मर्म र भावना गलत थियो र नै सर्वत्र खारेजको माग उठ्यो र खारेज पनि भयो । तर यसले भित्र्याएको हलचल र तरंग सेलाउन लामै समय लाग्नेछ । पार्टी भित्र र बाहिर केपी शर्मा वलीको स्वाभ जन्य त्रुटिको खरो आलोचना निरन्तर छ । आलोचकहरुको भिडमा अलिक तन्किएर आलोचान्न गर्नेमा छन पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराई । अध्यादेश प्रकरण राजनैतिक घटनाक्रम हो । यसले हाम्रो संबिधानको ब्ल्याक होल देखाई दियो र यो पनि स्थापित गर्यो कि सर्व शक्तिमान जनता हुन , जनताको विरोधले सधै गम्भीर अर्थ राख्दछ ।

केपी कृत र सर्वत्र अस्वीकृत भएपछी खारेज भएको पछिल्लो पार्टी एकिकरण प्रक्रिया  यसैको उपज हो भन्दा नपर्ला । केपी कृत भूतले तर्सिएर रातारात खालि कागजमा हस्ताक्षर गरि एकिकरण मन्चन गरेका जनता समाजबादी पार्टी नेपालका नेता कार्यकर्ता अहिले पार्टी भित्रको किचलो व्यवस्थापन ढाकछोप गर्न ब्यास्थ छन । उनीहरु पनि वली शैलीकै फंडा तुरूप फ्याक्दै छन । सत्ता र शक्तिको प्रलोभनमा माछा मार्न निस्किएका आफ्नै सभासदहरुको भिड बोकेर बाबुराम भट्टराई कहिले पुलिसकोमा अपहरण मुद्दा दर्ता गर्न जान्छन । त कहिले संचार  माध्यमबाट वाक स्वत्रन्त्राको कुरूप प्रयोग गर्छन । एक सिटे हैसियतलाई चौतिस-पैतिसको हराहारमा पुर्याउनुमा चातुर्यता होला नै । तर त्यसको उन्मात उन्मात यसरि पोखिदै छ कि उनि राजनैतिक र गैरराजनीतिक घटनाक्रम  समेत छुट्याउन नसक्ने अवस्थामा पुगेका छ ।  राजनीतिक घटनाको केसलाई अपहरणको मुद्दा बनाउन खोज्नु र पुलिसले दर्ता गरेन भनेर सडकमा चिच्याउनुको कुनै अर्थ छैन । अर्को तर्फ रेडियो नेपालले असभ्य भाषाको प्रयोग केन्द्रित बिषयमा आफ्नो सजगता सम्बन्धि  विज्ञाप्ति निकाल्दा राजतन्त्रको गन्ध आयो भन्नु नाकको टुप्पोमा सोहि बमोजिमको गन्ध राखेर  हिड्नु हो ।

अन्ततः राजपा ,सङ्घीय समाजबादी र नयाँ शक्तिको  धुरबिकरण भनेको उपियाँ र गंगटो कार्यगत एकता हो । उपियाको जुलुस देखेर उन्मक्त गंगटोले देश भित्र देश खोज्ने कुचेष्टा त गर्ने होईनन आसंका बढेको छ किनकि एइजेरुको न घर हुन्छ न भर हुन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।