-मञ्जुश्री,हाल विश्वब्यापी समस्याको रुपमा रहेको कोरोना भाइरसको संक्रमण र यसबाट बच्ने उपायहरुको खोजिमा नै साहृा विश्वभरीका जन समुदाय आक्रान्त भइरहेको परिपेक्षमा अनलाइन शिक्षा कतिको उपयोगी होला भन्ने बिषयमा केहि जिज्ञासा राख्न चाँहे । यो एक अत्यन्तै महत्वपूर्ण विषयबस्तु हो यदि यो समस्याको रुपमा नभै समाधानको रुपमा आँउछ भने म पनि यसको सर्मथक हुँ । तर यदि यो सबैको पहुचभन्दा बाहिर अथवा सीमित ब्यक्तिको मात्र पहुँचमा रह्यो भने यसको कुनैपनि अर्थ रहँदैन ।

हाल निजी बिद्यालय तथा कलेजहरुले सञ्चालन गर्न लागेको अनलाइन शिक्षा सरसरती मेरो बुझाइमा एक प्रभावकारी शिक्षण बिधी भन्दा पनि बढी बिज्ञापन अथवा देखावाकोरुपमा प्रतिस्पर्धाको होडमा रहेको मैले पाएको छु यसका बिभिन्न कारणहरु म प्रष्ट्याउन चाहन्छु ।
१) सबै बिद्यार्थीहरु इन्टरनेटको सुबिधाको पहुँच भित्र छन् भन्ने छैन ।
२) सबै बिद्यार्थीहरु यस बिषयमा जनाकार छन् भन्ने छैन ।
३) यस भन्दा अघि पनि यस्ता खालका कक्षाहरु सञ्चालन नभएको कारणले गर्दा बिद्यालय तथा कलेजहरुले पनि यस बिषयमा पूर्व तयारी गर्न नसकेको अवस्था छ ।
४) मेरो अनुभब र बुझाइमा अधिकांस अभिभावकहरु यस बिषयमा बिज्ञ छन् भन्ने पनि छैन । शहरका केहि बौद्धिक र अति बिशिष्ट ब्यक्तिबाहेक
५) इन्टरनेटको सुबिधाभन्दा बाहिर रहेको कतिपय ठाँउहरुमा मोबाइल डाटाबाट शिक्षा लिन खोज्दा त्यो पनि निकै खर्चिलो हुन आँउछ । जबकी कतिपय ठाँउमा रिचार्जर्काड समेत पुग्न नसकेको जन गुनासो हामीले बारम्बार पाइराखेका छौ ।
यसरी बिभिन्न समस्याहरुको बाबजुदपनि यस्ता खालका प्रचारबाजी गरीनु आफैमा कतिको फलदायी छ भनेर सबैले एकचोटी मनन गर्नु जरुरी छ ।
६) कतिपय बिषयगत शिक्षक शिक्षिकाहरु नै बिषम परीस्थितीको कारण आफ्नै घर गाँउमा फर्कनु परेकोले उनीहरु समेत आफ्ना बिद्यार्थीहरुको प्रत्यक्ष सम्पर्कमा आउन नसक्ने अवस्था रहेको छ ।

यसको लागि बिद्यालयको एकहोरो पहलले मात्रै पनि यो सम्भब छैन भने अर्कोतिर बिद्यार्थीहरुको पढ्ने मनस्थिती, घर परीवारको साथ र समर्थन हुन्छ । एकातिर सरकारको खुकुलो शिक्षा नीति र अर्कोतिर बिग्रदो सामाजिक परिबेश र संस्कारले गर्दा विगत पाँच बर्ष यता बिद्यार्थीहरुमा दिनानुदिन क्रमिकरुपले पढाइमा भन्दा मनोरञ्जन र एस आराम अनि बिलासितामा बढि आकृष्ट भएको मैले पाएको छु । गुरु र गुरुआमा प्रतिको मर्यादा, बिद्यालयप्रतिको अनुशासन, बिद्यार्थीको आफ्नो जिम्मेवारी,कर्तव्य र आज्ञाकारीता जस्ता कुराहरुलाई हाम्रा छोराछोरीले नबुझेको खण्डमा हामीले उनीहरुलाई राम्ररी बुझाउन नसक्नु यो हाम्रो पनि कमजोरी हुन आँउछ । जसको कारणले गर्दा आज बिद्यार्थीहरु शिक्षक शिक्षिकालाई गुरुको रुपमा भन्दापनि बोझको रुपमा लिन थालेको देखिएको छ ।

एकातिर इन्टरनेटको असुबिधाको कारणले बिद्यार्थीलाई तिमीले पढ्नै पर्छ भन्ने स्थिति छैन भने अर्कोतिर कमजोर बिद्यार्थीहरुमा पढ्ने मानसिकतामा हस आँउदै गएको छ । यसरी ३ बर्गमा बिभाजित हाम्रा बिद्यार्थीहरु यसो हेर्दा जतिपनि बिद्यार्थीहरु पहिलो वर्गका छन् तीनमा पढ्ने र बुझ्ने दुबै ईच्छा प्रबल रहेको कारणले गर्दा आफै पनि गुगल सर्च गरेर पढ्ने खालका छन् जसको परिवारपनि सम्पन्न छन् र बजारमा घर छ र सबै सुबिधाबाट सम्पन्न तीनलाई कुनै समस्यानै छैन र अर्को कुरा यस्तो अनलाइन शिक्षा लिने बिद्यार्थीहरुपनि तीनैमात्र पर्दछन । बाँकी अरु २ वर्गका बिद्यार्थीहरुमा पढ्ने इच्छा पनि प्रबल नहुनु र सबै सुबिधाहरुबाट पहुँच पनि नहुनुको कारणले गर्दा यो अनलाइन शिक्षा त्यति व्यवहारीक देखिदैन ।

मूलतः नेपालको संबिधान २०७२ को भाग ३ को मौलिक हक र र्कतब्य अन्र्तगत दफा १८ मा समानताको हक मा सबै नागरीक कानुनको दृष्टिमा समान हुने छन् र कसैलाई पनि कानुनको समान संरक्षण बाट बञ्चित गरीने छैन भन्ने बाक्यासं र दफा ३१ मा शिक्षा सम्बन्धी हकमा प्रत्येक नागरीकलाई आधारभूत शिक्षाको पहुँचको हक हुनेछ र राज्यले कसैलाई पनि शिक्षा दिने गर्ने कुरामा बञ्चित गर्ने छैन भनेर भनीरहदा कतै यसरी पहिलो बर्गका ब्यक्तिलाई मात्र पहुँच पुग्ने गरी अनलाईन कक्षा सञ्चालन गर्दा संबिधानको मर्ममानै कुठाराघात हुने कुरामा कुनै दुइमत छैन ।

त्यसैले सम्बन्धित निकायलाई मेरो याँहा प्रश्न यो हो की यस्तो स्थितिमा समानता र शिक्षाको हक काहाँ नेर लागु भयो त ? यो हक सम्पन्न र पहुँचवाला वर्गको लागिमात्र हो की मध्यम र न्युन वर्गकोलागि पनि हो ? यदि सबैलाई हो भने ती बिद्यार्थी जो दुइछाक पेटभरी भात समेत खान नपाएर भोकै सुत्नुपर्नु बाध्यता छ तीनलाई पनि राज्यको तर्फबाट सबैभन्दा पहिले इन्टरनेटको सुबिधा निशुल्क उपलब्ध गराइनु पर्दछ अन्यथा यो अनलाइन शिक्षाले ती गरीब परीवारको बच्चाहरुमा नकारात्मक अवस्था श्रृजना गरी धनी र गरीब बिचको खाडललाई झन गहिरो बनाउदै लैजान्छ जस्तो लाग्छ । त्यसैले हाम्रो जस्तो यो गरीब मुलुकमा यो अनलाईन कक्षा ब्यवहारीक हुन्छ जस्तो लाग्दैन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।