सलमान खान

एजेन्सी,बलिउडका ‘दबंग’ सलमान खान आफ्नो फिल्म र अभिनयबारे जति चर्चामा छन्, त्यति धेरै उनका फ्यानहरू उनको विवाहबारे जान्नका लागि पर्खिरहेका हुन्छन्। ‘सलमान खान तपाईं कहिले बिवाह गर्नुहुन्छ’ जस्ता प्रश्नले सलमानलाई मिडिया र फ्यानले घेरिरहन्छन्। तर उनी हरेक पटक यस्तो प्रश्नबाट टाढिहाल्छन्।

हालसालै फिल्म निर्माता साजिद नाडियाडवालाले सलमान खानको विवाहबारे ठूलो खुलासा गरेका छन्। ‘द कपिल शर्मा शो’ कार्यक्रमको हाल चर्चित बनिरहेको एक भिडिओमा सिनेमा निर्माता तथा सलमानका साथी साजिद नाडियाडवाले कपिलले सलमान खानको विवाहबारे प्रश्न पछि उनको विवाह बारेमा खुलासा गरेका हुन्।

साजिदलाई थाहा भए अनुसार सलमान खान सन् १९९९ मा विवाहका लागि पूर्ण रूपमा तयार थिए। विवाह कार्ड पनि वितरण भइसकेको थियो तर विवाह हुनु ६ दिन अघि सलमानले विवाह गर्न अस्वीकार गरिदिए।

साजिदको भने सोही साल विवाह भएको थियो। सलमानले विवाह गर्न किन अस्वीकार गरे भन्नेबार‍े भने साजिदले थप केही बताएनन्। तर उनका फ्यानहरुको नजरबाट हेर्ने हो भने अर्कै कथा पनि हुनसक्ने अनुमान लगाइएको छ।

जुन साल सलमानको विवाहको कुरा भएको थियो, उही साल सलमान खान र ऐश्वर्या रायको फिल्म ‘हम दिल दे चुके सनम’ रिलीज भएको थियो। फिल्म पछि सलमान र ऐश्वर्या रायको सम्बन्ध चर्चाको चुलीमा थियो। तर सलमान खानको विवाहको लागि छापिएको कार्डमा ऐश्वर्या रायको नाम लेखिएको थियो वा अरु कसैको भन्ने अझै रहस्यमा नै छ। सेतोपाटी बाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।