एजेन्सी, ९ वैशाख । कोरोना प्रकोपबीच विश्व लकडाउनमा बसिरहँदा इङल्याण्डका एक जोडी भने विश्व भ्रमणका क्रममा अमेरिकाको मियामीमा फसेका छन् । यस्तो अवस्थामा उनीहरुले आफ्नो कारलाई नै घर बनाएका छन् । किनभने यसअलावा उनीहरुसँग अरु कुनै उपाय छैन ।

एल्डो गियाक्विन्टो र विरा कोजलोवास्कै नाम गरेका यी जोडीको गाडी अहिले मियामीको वालमार्टको पार्किङ लटमा पार्क भएको छ र उनीहरुले त्यसलाई नै घर बनाएर बसेका छन् ।

उनीहरुको कारमा एउटा मिनी किचन छ जसमा उनीहरु आरामले खाना बनाउँछन् । एल्डोको अनुसार उनीहरुसँग खानाका लागि पर्याप्त सामान छ । यसबाहेक कारभित्र एउटा पोर्टेबल बेड पनि छ । लकडाउनबीच पनि उनीहरुको जीवनमा कुनै परिवर्तन नआएको र दुवै स्वास्थ रहेको यी दम्पत्ति बताउँछन् ।

पेशाले श्रीमान् एल्डो सेफ हुन् र श्रीमती वीरा आईटी क्षेत्रमा संलग्न छिन् । तर, उनीहरुले २०१६ मा आफ्नो कामधन्धा छोडेर विश्व भ्रमणका लागि निस्किए । हालसम्म यी जोडीले पाँच महादेशका ५० देश घुमिसकेका छन् । लकडाउन सकिएपछि उनीहरुले पुन यात्रा सुरु गर्नेछन्

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।