२९ चैत,अमेरिका एकैदिन कोरोनाभाइरस सङ्क्रमणले २ हजारजना भन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार गएको २४ घण्टामा २ हजार १ सय ८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ५ लाख नाघेको छ।

अमेरिकाले छिट्टै कोरोना भाइरस सङ्क्रमणको कारण सबैभन्दा बढी नागरिक गुमाउने सूचीमा इटलीलाई जित्ने देखिएको छ। तर ह्वाइट हाउसस्थित कोभिड(१९ कार्यदलका विज्ञहरूले भने अमेरिकामा सङ्क्रमण दर स्थिर हुन थालेको बताएका छन्।

डा. डेबोरा बिर्क्स का त्यो राम्रो सङ्केत भएपनि प्रकोप अझै शिखरमा पुगि नसकेको बताइन् । राष्ट्रपति डोनल्ड ट्रम्पले सुरुमा आकलन गरिएको १ लाख भन्दा कम मानिसको मृत्यु हुने बताएका छन्।

बीबीसीका अनुसार अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणले १८ हजार ६ सय ९३ जनाको मृत्यु भएको र ५ लाख ३ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये आधाजसो मृत्यु न्यूयोर्कमा भएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।