हेटौँडा,२८,चैत्र । कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि देश अहिले लकडाउनको अवस्थामा छ । लकडाउनले नेपालको हरेक क्षेत्रमा प्रभाव पारेको छ । यसै सन्र्दभमा मकवानपुरको दुग्ध उत्पादन क्षेत्रमा जोडिएका किसानहरु समेत मारमा परेका छन् ।  मकवानपुरबाट विभिन्न सहकारी मार्फत दैनिक ३५ हजार लिटर दुध संकलन हुनेगरेकोमा लकडाउन सुरु भएपछि त्यसको ५० प्रतिशत मात्र संकलन हुने गरेको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले जनाए ।

सरकारले किसानहरुनै ब्यवसायी रहेको यो ब्यवसायमा राहतको घोषँणा गर्नुपर्ने भन्दै देबकोटाले फागुन महिनामा संकलन भएको दुधको विवरणको आधारमा किसानलाई राहत उपलब्ध गराउनुपन बताए ।  सरकारले संकलन नभएको दिनमा फागुन महिनाको संकलनलाई आधार मानेर प्रतिलिटर १० रुपैँया दिने भन्ने बारे आफुले थाहा पाएको भन्दै उनले त्यतिले मात्र किसानहरुलाई राहतको अनुभुती नहुने बताए ।

अहिले किसानलाई उत्पादन भएको दुध विक्रि नभएर समस्यात छ त्यो भन्दा ठुलो समस्या दाना नहुँदा गाई, भैसी गोठमानै मर्ला कि भन्ने छ । खबरब्रेकसँक कुरा गर्दै ब्यवसायी सरोज रिजालले दुग्ध उत्पादन गर्ने किसानलाई लकडाउनले निकै समस्यामा पारेको बताए ।  लकडाउनको कारण अत्यावश्यक सामग्री उत्पादन गर्ने दाना उद्योग पनि बन्द रहेको र प्रदेश नंबर २ बाट आउने पराल पनि नआएको कारण मकवानपुरे किसानहरु मारमा परेका छन् । सरकारले कृषि क्षेत्रलाई प्रर्वद्धन गर्ने भनेपनि यस्तो संकटको घडीमा केहि पनि राहतको प्याकेज सार्वजनिक नगर्ने हो भने यो ब्यवसायनै धरापमा पर्ने संभावना बढेको छ । मकवानपुरमा करिब १ सय ५० वटा ब्यवसायी फर्महरु रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।