साङ्केतिक तस्विर

२७ चैत,कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या ८८ हजार ३ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वभर ६ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार संसारभर १५ लाख ८ हजार ९ सय ६५ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ८३ हजार ९ सय ३३ संक्रमण पुष्टि भएको छ ।  यस्तै कोरोना संक्रमणबाट ३ लाख २९ हजार ७ सय १० जना निको भएका छन् । चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही अनुसार सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।