हेटौंडा,२७ चैत,विश्वभर फैलिएको माहामारी कोरोना भाइरसको संक्रमण नेपालमा बढ्न नदिन सरकारले गरेको लकडाउन आज १७ औं दिन भएको छ । लकडाउन वि स २०७७ बैशाख ३ गते सम्म रहेको छ । नेपालमा हालसम्म ९ जनालाई कारोना संक्रमण देखिएकोमा एक जना मात्र निको भएको छ । सरकारले देशभर अत्यावश्य बाहेकका सबै सेवाहरु बन्द गरेको छ । सरकारले देशभरका सबै सरकारी कार्यलय,विद्यालय,कलेज,सडक यातायात,हवाई यातायात बन्द गरेको छ । चैत ११ गते बिहान ६ बजेबाट लागु हुनेगरी एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि सरकारले तेस्रो पटक थप गरेर आगामी वर्षको बैशाख ३ गतेसम्म जारी रहने निर्णय गरेको छ ।

विश्वभरी फैलिएको कोरोना महामारीको संक्रमण नेपालमा देखिएपछि जारी गरिएको लकडाउनले देशभरको जनजिवन प्रभावित बनेको छ ।
केन्दीय राजधानी काठमाण्डौ सुनसान बनेको अवस्थामा बागमती प्रदेशको राजधानी हेटौंडामा  भने साना सवारी साधन (मोटरसाईकल,अटो) को चहलपहल देखिने गरेको छ । चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् । दैनिक जसो खाद्यन्न तथा तरकारि पसहरु भने भिडभाड नै देखिने गरेको छ । दैनिक लकडाउनको अवज्ञा गर्ने सवारी साधनहरुलाई नियन्त्रण गरिएता पनि सवारी आगवन भने सडकमा बाक्लो देखिने गरेको छ । प्रहरीले कोरोना भाइरस विरुद्ध माइकिङ गरेर जनचेतना फैलाइरहेको छ ।

लकडाउनको कारण दैनिक ज्याला दारी गर्ने मजदुरहरु समस्यामा परेका छन् । यसैबिच मकवानपुरको स्थानिय तहहरुले आफ्नो स्थानमा रहेका दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई राहत खाद्यन्न उपलब्ध गराउने क्रममा रहेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आफ्नो उपमहानगरपालिकामा रहेका दैनिक ज्यालादारी गरेर छाक टार्ने परिवार खाद्यन्नलाई राहत वितरण गरेको छ । उपमहानगरले दुई चरण गरि राहत वितरण गरिरहेको छ । उपमहानरले पहिला चरणमा १,३,४,६,७,९,१०,११,१३,१४,१६,१७,१८ र १९ गरि जम्मा १४ वटा वडामा ३ हजार १ सय १८ परिवारलाई वितरण गर्यो । यस्तै उपमाहानगरपालिकाले दोस्रो चरणको राहात बुधबाबाट वितरण सुरु गरेको छ । बुधबार वडा नंबर ४ र १८ गरि ५०० परिवारलाई राहत वितरण गरिरहेको छ । अन्य वडामाहरुमा निरन्तर रुपमा राहतका सामाग्री पठाइने उपमहानगरपालिकाले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।