स्पेनिस क्लब रियल म्याड्रिडले क्लबका फुटबल र बास्केटबल टिमका खेलाडी र पदाधिकारीहरुले १० देखि २० प्रतिशतसम्म पारिश्रमिक घटाउने निर्णय गरेको छ । क्लबले दुवै टिमका कप्तान र पदाधिकारीहरुको बैठकले परिस्थिति हेरेर १० देखि २० प्रतिशतसम्म बार्षिक पारिश्रमिक घटाउने सहमति भएको जनाएको छ ।

क्लबले यो निर्णय खेलाडी, प्रशिक्षकहरु र अन्य कर्मचारीहरुले लिएको भन्दै क्लबले अहिले सबै खेल गतिबिधि बन्द भएको र क्लबको आय समेत नभएको अवस्थामा यस्तो निर्णय गर्नुपरेको जनाएको छ । क्लबको यो निर्णयलाई क्लबको खेलाडी परिषदले समर्थन गरेको जनाएको छ ।

यस अघि अर्को स्पेनिस क्लब बार्सिलोनाले खेलाडीको पारिश्रमिक ७० प्रतिशत कटौती गरेको थियो । क्लबको सो निर्णयमा कप्तान मेसीलगायतका खेलाडीहरुको समर्थन नरहेको रिपोर्ट बाहिर आएको थियो । स्पेन अहिले कोरोनाको चपेटामा पर्ने प्रमुख देशहरुको सुचिमा छ । अहिलेसम्म सपनामा १४ हजार ६ सयभन्दा बढीको ज्यान गएको छ भने एक लाख ४६ हजार भन्दा बढी संक्रमित भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।