हेटौँडा,२७,चैत्र ।
नेपाल रेडक्रस सोसाईटि मकवानपुरले विग्रिएर बसेको एम्बुलेन्सलाई मर्मत गरेर सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स विग्रिएर सञ्चालन नहुने अवस्थामा आएपछि केहि समयसदेखि रेडक्रसले एम्बुलेन्स सञ्चालन गर्न सकेको थिएन् ।
तर कोरोना संक्रमणको समयमा रेडक्रसले एम्बुलेन्स चलाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै विग्रिएको एम्बुलेन्सलाई मर्मत गरि चलेसम्मको लागि सञ्चालन गर्ने तयारी अनुसार बुधबारबाट एम्बुलेन्स सेवा सुरु गरिएको नेपाल रेडक्रस सोसाईटी, मकवानपुर शाखाका कोषाध्यक्ष पिताम्बर बास्तोलाले खबरब्रेकलाई बताए ।
कोरोनाको त्रासको कारण एम्बुलेन्सले बिरामी बोक्न नमानेको समाचारअरु प्रकाशन भैरहेको समयमा रेडक्रसले एम्बुलेन्स सञ्चालनमा ल्याउनु राम्रो पक्ष मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्