
२७ चैत,लकडाउन उल्लङ्घन गर्ने ६ सय ६० जनालाई काठमाण्डौ उपत्यकाबाट नियन्त्रणमा लिइएको छ । बिहीबार बिहानै काठमाण्डौबाट ५ सय १३ जना र ललितपुरबाट १ सय ४७ जना गरी ६ सय ६० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि हिँडेको पाइए प्रहरीले केही बेर उभाएर राख्ने गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेको छ । सरकारले लकडाउनको पूर्णरुपमा पालना गर्न पनि आग्रह गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्