हेटौंडा,२६ चैत,हेटौंडा उपमहानगरपालिकाले दोस्रो चरणको राहत वितरण सुरु गरेको छ । पहिलो चरणको रातह वितरण गरिसकेको उपमहानगरपालिकाले दोस्रो चरणमा दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरण गर्ने तयारी थालेको हो । कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण सरकारले दुईसाता अघिदेखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई खानाका लागि समस्या हुने भन्दै आजबाट दोश्रो चरणमा राहत वितरणको काम सुरु गरेको छ।

दोश्रो चरणमा राहत वितरण गर्ने कार्यक्रम अनुसार आज हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ मा १ सय ५० परिवार र हेटौंडा १८ मा ३ सय ५० परिवारका लागि राहत वितरण गरेका उपमहानगरपालिकाले जनाएको छ । अन्य वडामाहरुमा निरन्तर रुपमा राहतका सामाग्री पठाइने उपमहानगरपालिकाले जनाएको छ । हालसम्म हेटौंडा उपमहानगरका वडा कार्यालयहरु मार्फत ५ हजार ७१ परिवारका लागि राहत आवश्यक भएको भन्ने विवरण प्राप्त भएको पनि उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

दोस्रो चरणमा हेटौंडाका १९ वटै वडाका दैनिक ज्यालादारी गर्ने मजदुर परिवारलाई ९० हजार केजी चामल, १२ हजार केजी मुसुरोको दाल, ६ हजार केजी नुन, १२ हजार लिटर तेल, २४ हजार थान सावुन वितरण गर्ने तयारी थालिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।