हेटौँडा,२६,चैत्र ।
कुखुरा ब्यवसायी संघ मकवानुरले कुखुरा ब्यवसायीहरुलाई राहतको प्याकेज घोषँणा गर्नको लागि माग गरेको छ ।
लडडाउनको कारण कुखुरा ब्यवसायीहरु मारमा परेको भन्दै संघले आज मकवानपुरको जिल्ला प्रशासन कार्यालय मार्फत राहत प्याकेजको माग सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

लकडाउनको कारण कुखुरा तथा अण्डाको भाउ ब्यापक घटेको, दाना अभावमा कुखुराहरु खोरमानै मर्ने अवस्था आएको, अहिलृ कुखुरा तथा अण्डा विक्रि समेत हुन छाडेको भन्दै मकवानपुरमा रहेका १ हजार ५ सय कुखुरा ब्यवसायी तथा किसानहरु मारमा परेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

यो समयमा बैंकबाट ऋण लिएर ब्यवसाय गरेका ब्यवसायीहरु थप मारमा परेको र उनीहरुको बैंकको ब्याज मिनहा हुनुपर्ने समेत संघले माग गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई ज्ञापनपत्र बुझाउँदै मकवानपुर कुखुरा ब्यवसायी संघका अध्यक्ष राजु अधिकारीले कुखुरा ब्यवसायीको माग तत्काल संवोधन नगरे कुखुरालाई खोरमानै नष्ट गर्नुपर्ने अवस्था आउनसक्ने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।