हेटौँडा,२६,चैत्र ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड१९) संक्रमणबाट बच्नको लागि सरकारले देशब्यापी लकडाउन गरेको छ । लकडाउनको अवस्थामा दैनिक ज्याला गरेर परिवार मजदुर र अति विपन्न परिवारलाई विभिन्न संघसस्था तथा स्थानीय निकायले राहत वितरण गरेको तस्बिरहरु सामजिक सञ्जालमा देखिन्छ। एककिलो चिउरा, एक डल्लो सावुन दिन पनि १० औँजना उपस्थित हुने र अनेक अनेक नाटक गरेको समेत देखिएको छ ।

अहिले सामजिक सञ्जालमा यस्ता धेरै फोटोहरु भाईरल भएको छ । जसले हाम्रो मानसिकता जनाउछ । गएकजना विपन्न परिवारको मानिसलाई ५ किलो चामल प्राप्त गर्न करिब ५ मिनेट फोटोसेसन गर्नुपर्ने अवस्था सृजना भएको छ । राहत वितरणको नाउँमा सेल्फी खिच्ने, २० औँ जनासँग रुपैँया उठाएर दुईचार कार्टुन चाउचाउ दिँदै दर्जन भन्दा धेरै तस्बिर सामजिक सञ्जालमा अप्लोड गर्ने गरेको पाईन्छ । आज त्यस्ता केहि तस्बिरहरु तपाईरुमाझ प्रस्तुत गर्दैछौ जस्लाई हेरेपछि नेपालमा राहत वितरणको यो लज्जास्पद अवस्था देखिन्ट । यि तस्बिरहरु हामिले सामजिक सञ्जालको माध्यमबाट प्राप्त गरेका हौँ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।