हेटौँडा,२६,चैत्र ।
लकडाउनको कारण रक्तदानको कार्यक्रमहरु नभएको समयमा हेटौँडाको विजय यूथ क्लबका सदस्य तथा खेलाडीहरुले रक्तदान गरेका छन् ।
रक्तसञ्चार केन्द्र हेटौँडामा पुगेर विजय यूथका २३ जनाले रक्तदान गरेको केन्द्रका प्रमुख टंकप्रसाद दाहालले बताए । रगत अभावको समयमा भएको यस्तोखाले कार्यले निकै राहतको अनुभुति भएको प्रमुख दाहालको भनाई रहेको छ ।

रक्तदान गर्न आफुहरुले क्लबका सदस्य तथा खेलाडीहरुलाई आग्रह गरेको र सोहि अनुसार रक्तदान भएको क्लबका अध्यक्ष सुदिप राजबाहकले खबरब्रेकलाई बताए । रक्तदाननै जीवनदान भएको र लकडाउनमा रगत अभाव भएको जानकारी पाएपछि आफुहरुले सबै सदस्यहरुलाई रक्तदान गर्न आग्रह गरेको उनको भनाई रहेको छ ।

 

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।