विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनको संख्या ८१ हजार ९ सय ९५ ले ज्यान पुगेको छ । विश्वभर  १४ लाख ४२ हजार ७८६ जना कोरोना संक्रमित उपचार गराइरहेका छन् भने ४७ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको छ ।

इटलीमा सबैभन्दा धेरै १७ हजार १२७ जनाको मृत्यु भइसकेको छ भने स्पेनमा १४ हजार ४५ तथा अमेरिकामा १२ हजार ८१३ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा एकै दिन १९ सयभन्दा बढिले ज्यान गुमाएका छन भने करिब ४ लाखमा संक्रमण देखिएको छ । हालसम्मयस्तै फ्रान्समा १० हजार ३२८ को कोरोनाका कारण मृत्यु भइसकेको छ । हालसम्म विश्वका २ सय ९ देशमा कोरोनाको संक्रमण फैलिएको छ ।

नेपालमा भने अहिलेसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार ९ जनामा कोरोना संक्रमण देखिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।