हेटौँडा,२६,चैत्र ।
विश्वब्यापी महमारीको रुपमा फैलिएको कोरोना भाईरस (केभिड १९) लाई रोकथामको लागि सरकारले लकडाउन गरेको आज १५ दिन भएको छ । लकडाउनको कारण दैनिक ज्यालादारी गर्ने मजदुर वर्गहरु सबैभन्दा धेरै मारमा परेका छन् ।

उनीहरु सहरमा बस्ने नसकेर हिडेरै भएपनि आ आफ्नो घरमा जानको लागि हिडेका छन् । उनीहरु लामो समयसम्म हिडनुपर्ने र पैसाको अभावमा खानेकुरा समेत नहुँदा मारमा परेका त्यस्ता मजदुर वर्गलाई हेटौँडामा रहेर विभिन्न समाजिक कार्यमा सक्रिय सहयोगी मन नेपालले पानी, खानेकुराको सहयोग प्रदान गरिरहेको छ । विगत केहिदिनबाट सहयोगी मनले सडकमार्गबाट आफ्नो गन्तब्यमा पुग्न हिडेकाहरुलाई सहयोग गर्ने कामलाई निरन्तर जारी राखेको छ ।

आज पनि सहयोगी मनले चितवनबाट हिडेर मकवानपुरको विभिन्न क्षेत्र तथा अन्य जिल्लामा हिडेकाहरुलाई सहयोगी मनले उनीहरुको लागि खाद्यन्न तथा पानी लगाएतको समाग्रहीहरु प्रदान गरेको सहयोगी मन नेपालका अध्यक्ष केदार चौँलागाईले बताए ।
सहयोगी मनले कान्तिलोकपथ हुँदै आफ्नो गन्तब्यमा हिडेकाहरु, चितवनबाट हेटौँडाहुँदै आफ्ना गन्तब्यमा पुग्नेहरुलाई सहयोग गरेको चौँलागईले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।