अनिल पराजुली,कतार सामाजिक संजाल ह्वाट्सएप मार्फत कोरोना भाइरसबारे कतार सरकारले सूचना दिन सुरु गरेको छ । कतार राज्यका लागि सरकारी संचार कार्यालयले ह्वाट्सएपमा कोरोना भाइरस बारे सूचना दिन सेवा सुरु गरेको हो ।

कतार सरकारले निःशुल्क उपलब्ध गराएको यो सेवाबाट कोरोना भाइरसबारे सहि, बिश्वसनीय र अपडेट समाचार पाउन सकिने छ । यो च्याट बक्स स्वचालित हो, जसबाट कतारमा रहेका नागरिकहरु र बासीन्दाहरुलाई जनस्वास्थ्य मन्त्रालयले कोरोना भाइरस बारेमा ६ भाषा मार्फत उत्तर दिने छ ।

अरविक, अग्रेजी, उर्दु, हिन्दी, नेपाली र मलायाम सहित ६ भाषामा ह्वाट्सएप मार्फत कतार सरकारले कोरोना भाइरस सम्बन्धी जानकारी उपलब्ध गराउन थालेको हो ।  ह्वाटसएपमा १ अहिलेको नम्बर, २ सुरक्षित रहनु होला, ३ तपाईको प्रश्न उत्तर, ४मित्थ्या प्रचार, ५ यात्रा सल्लाह, ६ समाचार र प्रेस, ७ सहकार्य, ८ घरमा बस्नु होला, ९ भाषा परिर्वतन गर्नका लागि र १० यस समयमा

महत्वपूर्ण फोन नम्बरहरु सहितको जानकारी समेटिएको छ । कोरोना भाईरसबारे जानकारी लिनका लागि +९७४ ६००६०६०१ नम्बरमा ह्वाट्सएप गर्न सकिने छ । ह्वाट्सएपमा आफुले भाषा चयन गरेर कोरोना भाइरसबारे जानकारी लिन सकिनेछ ।

लिंक तल दिइएको छ ।
https://wa.me/97460060601?text=Hi


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।