नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा अधिकारीलाई नियुक्त गरेको हो ।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वको सिफारिस समितिले अधिकारीसहित केशवप्रसाद भट्टराई र चिन्तामणि सिवाकोटीको नाम गभर्नका लागि सिफारिस गरेको थियो । नवनियुक्त गभर्नर अधिकारी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हालसम्म उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।