यूएई, २४ चैत,संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरस संक्रमित नेपालीको संख्या ११ पुगेको छ । आइतबार साँझसम्ममा ४ महिलासहित ११ जना नेपालीमा कोरोना संक्रमण भएको यूएईको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार ११ जना नेपालीमध्ये दुई जना यसअघि नै निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी ९ जनाको उपचाररत रहेका छन् । उपचाररत सबैको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।