
हेटौंडा,मकवानपुर प्रहरीले जिल्लामा सरकारले गरेको लकडाउन अवज्ञा गर्ने ११२ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । लकडाउन अवज्ञा गर्नेमा १०३ मोटरसाइकल,८ अटो र १ म्याजिक रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
यस्तै तोकिएको समयसिमा भन्दा पछाडी आधा सटर खोली मासुपसल,मोवाईल पसल,वर्कशप सञ्चालन गर्ने तथा ब्याडमिन्टन खेलेका जम्मा गरि ९ जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई गरेर साँझ छोडिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्