
हेटौँडा,२४, चैत्र
मकवानपुरे नागरिक माझ निकै लोकप्रिय छवि बनाएका मकवानपुरका पुर्व प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले काठमाण्डौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आजबाट कार्यभर सम्हालेका छन् ।
गत २०७० बैशाख १२ बाट फागुन २८ गतेसम्म मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्य गरेका उनले कयौँ जनप्रिय काम गरेका थिए । उनको कामको कारण उनी सरुवा हुँदा समेत करिब एक हप्तासम्म यहाका नागरिक स्तरबाट उनलाई विदाई गरिएको थियो ।
फिल्डमानै गएर जनताको समस्या बुझने, कालाबजारी रोक्न नियमित अनुगमामा आफै निस्कने, गाउँगाउँमा नागरिकता लगाएतको शिबिर सञ्चालन गर्ने लगाएतको कार्यक्रमा उनी सक्रिय रहन्थे ।
गत फागुन १८ गतेको मन्त्रीपरिषदको बैठकले उनलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।
यसअघि उनी नेपाली महावाणिज्य दूतावास कोलकत्तामा महावाणिज्य दूत थिए ।
प्रतिक्रिया दिनुहोस्