
हेटौंडा, सरकारले लकडाउनको अवधि लम्ब्याई वैशाख ३ गतेसम्म गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।
सरकारले पहिलो पल्ट चैत ११ गतेदेखि १८ गते सम्म साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो । सरकारले बैशाख ३ गते सम्म अन्तर्राष्ट्रिय उडान रोकेकोले त्यति बेलासम्म लकडाउन कायमै रहने गरी लकडाउन लम्बाएको हो ।
प्रतिक्रिया दिनुहोस्