file photo

एजेन्सी,बेलायती महारानी एलिजावेथले बेलायतवासी र कमनवेल्थ राष्ट्रहरुका लागि विशेष सम्बोधन गरेकी छिन् । बेलायतमा गद्दी सम्हालेको ६८ वर्षमा उनले यो चौथों पटक सम्बोधन गरेकी हुन् । कोरोनाभाइरसको महामारीले विश्वभर र बेलायतमा पारेको समस्याबारे एलिजावेथले आफ्ना कुराहरु राखेकी छिन् । उनले प्लेगको महामारीको समय पनि सम्झिँदै त्यति बेला आफू ‘केटाकेटी’ भएको र परिवारसँग छुट्टिन पर्दा दुखद अनुभव भएको बताएकी छिन् ।

यतिमात्र होइन, उनले बेलायती स्वास्थ्यकर्मी र विश्वभरका स्वास्थ्यकर्मीलाई धन्यवाद पनि दिएकी छिन् । ‘हामीले जित्नेछौँ, हामी सफल हुनेछौँ,’ उनले भनिन्, ‘अहिले हामीले एकअर्कालाई भेट्न नमिल्ने समय आएको छ । तर, भोलि फेरि हामी भेट्नेछौँ ।’ यो उनले युद्धको समयबारे भेरा लिनले लेखेको गीतलाई उद्धृत गरेकी हुन्– वी विल मिट अगेन । उनले अहिले कोरोनाभाइरसविरुद्धको लडाइँ यसअघिका अरु लडाइँहरुभन्दा फरक भएको भन्दै यसमा सबैजना एकजुट भएर लाग्ने हो भने जित निश्चित भएको पनि बताएकी छिन् ।

उनले बेलायती स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै सुरुवात गरेको सम्बोधनमा भनेकी छिन्– अहिले विश्वभरबाट मुटु हल्लाउने खबर आइरहेका छन्, तर हामी भोलि यसलाई जितेर अगाडि आउने छौँ । यो समयमा दैनिक खाद्यवस्तु उपलब्ध गराउने देखि लिएर अन्य काममा पनि संलग्न भइरहेकाहरुलाई पनि उनले धन्यवाद दिएकी छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।