बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भएपछि पछिल्लो १० दिन देखि घरमै आइसोलेसनमा रहेका प्रधानमन्त्री जोनसनलाई लगातर ज्वरो आएपछि अस्पताल भर्ना गरिएको बिबिसीले उल्लेख गरेको छ । प्रधानमन्त्रीको कार्यालयले सावधानी अपनाउन डाक्टरको सल्लाह अनुसार प्रधानमन्त्री जोनसनलाई अस्पताल भर्ना गरिएको  जानकारी दिएको छ । प्रधानमन्त्री अस्पतालमा रहेपनि सरकारको नेतृत्व गरिरहने बताइएको छ ।

प्रधानमन्त्री जोनसन एक रात अस्पतालमा रहने अनुमान गरिएको छ । बेलायतमा प्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्रीलाई समेत कोरोना संक्रमण भएको छ । त्यस्तै राजकुमार चार्ल्सलाई समेत कोरोना संक्रमण भएको तर उनी भने ठिक भएको बताइएको छ । बेलायतमा अहिलेसम्म कोरोनाबाट ४७ हजार ८०६ जना संक्रमित भएका छन् । त्यस्तै बेलायतमा ४ हजार  ९३४ जनाको मृत्यु भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।