हेटौँडा,२४,चैत्र ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा रहेको कामना सेवा विकास बैंक, हेटौडा शाखाले हेटौडा उप(महानगरपालिका वडा नम्बर ५ स्थित ग्रामीण जिवनस्थर मन्च मकवानपुर द्वारा सन्चालित बाल गृह हाम्रो घर लाइ खाद्यान्न सामाग्री सहित ह्याण्डवास वितरण गरेको छ ।

बैंकका शाखा प्रबन्धक सहितको टोलिले आज बाल गृह हाम्रो घर पुगेर एक हप्तासम्म पुग्ने खाद्यन्न तथा ह्याण्डवास वितरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक निश्चल मानन्धरले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत खाद्यान्न सामाग्री हरु वितरण गरेको बताए ।

देशनै कोरोना संक्रमण र लकडाउनको अवस्थामा गुज्रेको भन्दै मानन्धरले यहांँ रहेका बेसहारा बालबालिकालाई राहत पुगोस भन्ने हेतुले सामाग्री सहयोग गरिएको बताए । बिगत पांँचबर्ष देखि सञ्चालनमा आएको उक्त बाल गृह हाम्रो घरमा बेसाहारा, सहयोगापेक्षी गरी ३० जना आश्रित छन ।

सो क्रममा प्रतिक्रिया दिदै बाल गृहकि ब्यावस्थापक अस्मिता न्यौपानेले आश्रममा दैनिक खाद्यसामाग्री अभाव भइरहेको बेला बैकले गरेको सहयोगले केही राहत मिलेको बताईन् ।
लकडाउन अघि अन्य दाताहरुले दैनिक रुपमा विभिन्न अवसर पारेर आर्थिक सहयोग गर्दै आएपनि हालका दिनहरुमा सहयोग कम आएका कारण समस्या पर्दै गएको उहाको भनाई थियो । बैकलले यस अघि पनि बिभिन्न किसिमका सामाजिक कार्य हरु गर्दै आइरहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।