बेलायतको दक्षिण पूर्वी शहर केन्टमा रहको एक सुपरमार्केटमा मासु चोर्ने एक व्यक्ति पक्राउ परेका छन् । उनले आफू कोरोना संक्रमित व्यक्ति भएको भन्दै प्रहरीलाई थुकेर भागेका थिए । पछि उनलाई पक्राउ गरिएको त्यहाँका स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीलाई थुकेर भागेका ओलिभर कुक नाम गरेका चोरलाई १ सय २० दिनको जेल सजाय सुनाईएको छ । ओभिल कुक सुरुमा बेस्सरी हाँसेको र त्यसपछि आफूमा कोरोना भाइरस छ भन्दै थुकेर भागेको एक प्रहरी अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

उनले आफूले कोरोना संक्रमित भएको कुरा बारम्बार बताईरहेको प्रहरीको शरीरमा भएको क्यामेराले खिचेको भिडियोमा सुन्न सकिन्छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।