एजेन्सी,बेलायतको क्याम्ब्रिजमा सेवानिवृत्त एक पेन्टरले कोरोनाभाइरस लकडाउन सहन नसकी आफ्नी पत्नीलाई चक्कु हानेर मारेको अनि आत्महत्या गरेको खबर छ । एलन स्मिथ नामक ७१ वर्षीय ती व्यक्ति र उनकी पत्नी एल्सीको शव उनीहरूकै घरमा बुधवार भेटिएको थियो ।

एल्सीको घाँटी र टाउकोमा चक्कु प्रहार गरिएको थियो भने एलन आफ्नो ओछ्यानमा मृत भेटिएका थिए । एलन कसरी मरे भन्ने खुलेको छैन । यस जोडीका छिमेकीहरूले आफूहरूलाई एलनले लकडाउनमा बस्दा डर लागेको अनि पसल जान नपाएकोमा पीर गरेको बताए । खाना पनि सकिँदै गएको उनले छिमेकीलाई बताएका थिए । उनलाई आफ्नो नियमित औषधि नपाइने पीर पनि थियो ।

लकडाउन लगाइएयता बेलायतमा हत्या र आत्महत्याका अन्य घटना पनि भएका छन् । सरकारका एक मन्त्रीले कोरोनाभाइरसभन्दा लकडाउनले बढी हानि गर्ने किनकि यसले गर्दा घरेलु हिंसा, बेरोजगारी र मानसिक रोगमा वृद्धि हुने चेतावनी दिएलगत्तै यो वीभत्स घटना सार्वजनिक भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।