विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको ६४ हजार ६९१ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार संक्रमितको संख्या १२ लाख नाघेको छ । शनिबार बिहान यही समयमा मृतकको संख्या ५९ हजार र संक्रमितको संख्या १० लाख ९८ हजार भए पनि २४ घण्टामा मृतक ५ हजारभन्दा बढी र संक्रमित एकलाख भन्दा बढी भएको हो ।

सबैभन्दा बढी संक्रमणको जोखिममा इटाली, स्पेन, अमेरिका र फ्रान्स रहेका छन् । ती मध्ये पनि इटालीमा सबैभन्दा बढी मृतकको संख्या इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भएको छ भने स्पेनमा ११ हजार ९४७, अमेरिकामा ८ हजार ४५२, फ्रान्समा ७ हजार ५६० र बेलायतमा ४ हजार ३१३ जनाको मृत्यु भएको छ ।

यी देशहरुमा संक्रमितको संख्या पनि त्यतिकै तिब्र फैलिरहेको पनि सञ्चारमाध्यमहरुले लेखेका छन् । चीन, इरानमा ज्यान जानेको संख्या साढे ३ हजारको हाराहारीमा पुगेको छ ।   तथ्यांकमा निको हुनेको संख्या दुई लाख ४६ हजार छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।