बिदुर आचार्य,चौतारा
विहान दश वजे लिसङ्खु पाखर गाँउपालिका वाट आफुलाई पाएक पर्ने अस्पताल सिन्धु सदावहार अस्पताल खाडिचौरमा एक महिला आईन ।
ओमन वाट फर्किएकी महिलाको स्वास्थ्य जाँच अस्पतालले ग¥यो । विरामीको लक्षण र प्रकृति कोरोना भाईरस संक्रमण सँग मिल्दोजुल्दो भएको सदावहार अस्पतालले जनायो ।

अस्पतालका डाक्टर राजन दंगालले विरामीलाई तत्काल आईसोलेसनमा राख्नुपर्ने जनाए । विरामीका आफन्तले रिफर गरिएको काभ्रेको धुलिखेल अस्पताल लैजान एम्वुलेन्सलाई वोलाए । एम्वुलेन्स आयो तर कोरोना भाईरस संक्रमणको लक्षण देखिएको भन्दै एम्वुलेन्सले विरामी रिफर गरिएको अस्पताल पु¥याउन मानेन ।

फेरी अर्को एम्वुलेन्स वोलाईयो, फेरी अर्को एम्वुलेन्सले पनि पहिलेको झै विरामी वोक्न इन्कार ग¥यो । त्यस पछि पीपीए सुरक्षा र आल्मुनियम पार्टेसन सहितको एम्वुलेन्स वोलाईयो । त एम्वुलेनस विरामी वोक्न तयार भएनन् ।
दिँउसो तीन वजे देखि विरामीले एम्वुलेन्स नपाएको खवर तत्काल जिल्लामा फैलियो । खवर पाउनासाथ जिल्ला समन्वय सािमति प्रमुख कृष्णगोपाल तामाङ आफै विरामी लिन सिन्धु सदावहार अस्पताल पुगे ।
र विरामी वोकेर जिल्लामा रहेको जिल्ला अस्पतालमा जिल्लाका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइको अनुरोधमा पु¥याएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।