91836711_545973712992990_-1585993189.jpg

हेटौँडा,२२, चैत्र ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण मुलुक अहिले लकडाउनको अवस्थामा रहेको समयमा मकवानपुरका एकजना युवाले हेटौँडामा रहेको घरमा ब्यक्तिहरुको एक महिनाको घरभाडा नलिने भएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर३ लेवट निवासी युवा ब्यवसायी तथा कलाकार विकास उप्रेतीले हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको घरमा रहेको ८ वटा कोठामा बस्ने ब्यक्तिहरुसँग घरभाडा नलिने बताएका हुन् ।

आफ्नो घरमा ८ परिवार बस्ने गरेको र त्यसबापत २८ हजार उठने गरेको भएपनि अहिलेको अवस्थामा उनीहरुलाई समस्यामा नपार्ने भन्दै भाडा मिनाह गरेको बताए । संक्रमणको समयमा आफुले गर्न सक्ने सहयोग गरेको उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।