सम्पुर्ण दाजुभाइ दिदिबहिनी आमा बुवा साथिहरुलाइ नमस्कार, सर्बप्रथम भगवान पशुपति नाथलाई सहश्र दण्डवत

अहिले हामी लकडाउनको दोश्रो हप्तामा प्रबेश गरिसकेका छौ १ र यो कहिले सम्म लम्बिने त्यो केही ठेगान छैन १ सोही कारण हामिले अब केही दिनको लागि या एक हप्ताको लागि मात्र सोचेर हुन्न जे परे पनि हामी तयार छौ भन्ने मान्यतामा रहेर अगाडि बढनु पर्ने बेला भएको आजको समय सम्म उद्योगी व्यापारी, लगायत, श्रमिक, मजदूर, दैनिक ज्यालादारी गर्ने, रिक्सा, ठेला, मयुरीवालाहरु सम्पुर्णले लक डाउनलाई पालना गरेकोले पनि कोरोनाले भयंकर रुप लिन नपाएको सत्यलाई हामिले स्विकार्नु पर्छ ।
अब कोरोनासङ को लडाइ जित्न को लागि हामि साझा नागरिकले निम्न कर्तब्यहरु पुरा गर्नुपर्ने देखेको छु ।

 

१. हामिले पहिले आफ्नो छिमेकमा कोहि कसैको चुलो नबलेको छ कि बुझ्नुपर्दछ , त्यो भनेको मानवताको सर्बोत्तम कार्य हो । किनकि हामी सङ भएको धन सम्पत्ति येस्तो समयमा पनि सदुपयोग नगरे कहिले गर्ने, महान पुण्यको काम हो ।

२. हाम्रो अफिसमा, उद्योगमा कार्यरत कर्मचारी मजदूर कसैको अवस्था कमजोर छ कि त्यो बुझ्नु पर्दछ । उनिहरुले आशा गर्ने भनेको हामी सङ नै हो । सुखमा जस्को पनि साथ पाइन्छ दुखमा साथ दिनु नै परमधर्म हो । साथै यो अवस्थामा अफ्टेरो परेकाहरुले पनि आफ्ना नजिककालाइ भन्न अफ्टेरो मान्नु हुन्न.।

३. निम्न आय भएकाहरुले चाइ के पनि सोच्दा रहेछन कि समस्या सबैलाइ परेको होला के भन्नू कस्लाइ भन्नु अनि येत्तिकै पिल्सियर बसिरहेका पनि हुने रहेछन् उनिहरुको घाउमा मल्हम लगाउनु पुण्यको काम हो ।

४. यो बिपतको घडिमा फ्रीमा आएको राहत हो लिउ न त के हुन्छ र हामिले तिरेको करबाट नै यो राहत देको त होनि भनेर कोहि मध्यमबर्गियहरुले पनि राहत लिएको भन्ने पनि सुनियो, त्येस्तो कदापी हुन नदिन हामी सबै जिम्मेवार हुनुपर्छ । हामि जिम्मेवार नागरिकको पनि जिम्मेवारी हो यो सदुपयोग गर्ने ।

५. राहत बाड्ने बेलामा कन्यादान दिएको जसरी एकजनाले दिने दसजनाले छुने गरि दिन भएन, गरिबहरु पनि नागरिक नै हुन उनिहरुको पनि स्वाभिमान हुन्छ । राहतको फोटो आफ्नो प्रयोजनको लागि खिच्नु नराम्रो होइन यस्ले अरुलाइ पनि सहयोग गर्न उत्प्रेरित गर्छ ।

६. वडाकार्यालय मार्फत राहत बितरण गर्दा पनि टोलबिकास संस्थालाई नै बितरणको जिम्मेवारी दिने र सो को अनुगमन वडाका प्रतिनिधिले गर्ने गर्दा प्रभाबकारी हुन्छ होला । राहतको पनि तथ्यांक अध्याधविक गर्नु आवस्यक देखिन्छ ।

७.टोल बिकास संस्थाले हरेक निर्णय गर्नलाइ सघाउने तथ्यांकउपलब्ध गराउन र सो तथ्यांक अध्यावधिक गर्न सहयोग गर्नु पर्छ । साथै टोल बिकास सन्स्थाका बचतकर्ताहरुसङ समन्वय गरेर दैनिक ज्याला मज्दूरी गर्नेलाइ सहयोग गर्ने सानो कोष बनाउन सके पनि उत्तम हुने देखिन्छ ।

८.रासन बाहेक दिर्घ रोगिहरुको, अन्य सामान्य प्रकृतिका बिरामिहरुको र गर्भवती महिलाको पनि छुट्टै समस्या छ यी सबै कुराको लागि सहि तथ्यांक आवस्यक छ । जुनतथ्यांक चाडो र भर्पर्दो उपलब्ध गराउने भनेको टोल बिकाश संस्थाले नै हो ।

९. साना कलिला नानीहरुले आर्थिक अभाबमा दूध खान नपाएका पनि छन त्यो कुरामा पनि ध्यान दिनुपर्ने देखिन्छ ।

१०. हामी संग येति धेरै राजनैतिक दलहरु छ्न अन्तराष्ट्रिय सामाजिक संस्थाहरुमा लायन्स, लिओ, जेसिस, रोटरी, रोट्र्याक्ट लगायत छन । अन्य सामाजिक संस्थाहरु पनि छन् । समाजका हुने खानेहरु परेको बेलामा सहयोग गर्न सक्नेहरु नै बिभिन्न राजनीतिक दलका सङठनहरुमा हुनुहुन्छ१ येस्तो विषम परिस्थितिमा तपाइहरुले समाजसेवा गर्ने र आफुलाइ अब्बल साबित गर्ने मौका पनि हो , सम्पुर्ण नेतागणहरुलाइ यो अवस्थामा दिल खोलेर सक्दो सहयोग गर्न को लागि अपिल गर्नुपर्छ ।

११. मेडिकलहरुले र अस्पतालहरुले बिरामी भर्ना नलिने र दबाइमात्र बेच्ने कार्य गरेको देख्दा अचम्म लाग्यो त्येत्रो बिज्ञापन गरेर बिरामी बोलाउने हरुले अहिले कोरोना बाहेकका पनि बिरामी होलान भन्ने सोच राखेनन धन्यबाद छ । सो को लागि पनि स्थानिय र प्रादेशिक सरकारहरुले केही ठोस निर्णय गर्नुपर्ने देखिन्छ ।
१२. अत्यावश्यक बस्तु खरिदमा निस्किदा, राहत बितरणमा लाग्दा, कुनै अत्यावस्यक बैठकहरुमा जाँदा अनिबार्य रुपमा सामाजिक दूरी कायम गर्न र मास्क लगाउन पनि आवस्यक छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।