नयाँ दिल्ली, २२ चैत । नेपालसँग खुला सिमाना रहेका भारतमा कोरोना भाइरसमा शुक्रबार कम्तिमा १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो भारतमा कोरोनाको कारण अहिलेसम्म सबैभन्दा धेरै मृत्यु हो । योसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८५ पुगेको भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

नयाँ तथ्यांकका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३,०८२ पुगेको नवभारत टाइम्सले खबर लेखेको छ । एक दिनमा ५०० जनामा कोरोना संक्रमण भेटिएको छ । तर सरकारले भने २५४७ जनामा कोरोना संक्रमण भेटिएको र ६२ जनाको मात्र मृत्यु भएको जनाएको छ । विहीबार ५४४ जनालाई कोरोना भेटिएको थियो ।

शुक्रबार ५०२ नयाँ संक्रमण भेटिएकोमा महाराष्ट्रमा यो भाइरसबाट ३, दिल्ली र तेलंगानामा २-२ मानिसको मृत्यु भएको छ । आन्द्र प्रदेश, गुजरात, मध्य प्रदेश, हरियाणा र कर्नाकमा १-१ कोरोना पीडितको मृत्यु भएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।