file photo

सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने निर्णय गरेको छ। जारी लकडाउनमा थप कडाइ गर्दै सरकारले उक्त निर्णय गरेको हो। शनिबार साँझ बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

त्यसैगरी एक जिल्लाबाट अर्को जिल्लामा र एक प्रदेशबाट अर्को प्रदेशमा हुने आवागमन पनि रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।

‘लकडाउन पूर्ण पालना गराउन प्रदेशबाट प्रदेश, जिल्लाबाट जिल्लामा जान र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवागमन कडाइ गर्ने भएको छ। कोरोनाको संक्रमणलाई न्यूनीकरण गर्न सबैले यो नियम पालना गरौं।’ निर्णय सार्वजनिक गर्दै खतिवडाले भने।  लकडाउनलाई सबै निकायले पूर्ण रुपमा पालना गर्नु सरकारले आग्रह गरेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।