एजेन्सी,चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाएको छ । मृतकको सम्झनामा विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइयो छ भने सार्वजनिक र औपचारिक कार्यक्रम समेत नगरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाएइको चीनको राज्य परिषदले जनाएको छ । शनिबार तीन मिनेट मौनधारण गर्नुका साथै साइरन र घण्टीहरु बजाइएको थियो । चीनमा कोरोना भाइरसबाट हालसम्म तीन हजार तीन सय मानिसको मृत्यु भएको छ । चीनले यसअघि सन् २००८ मा दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा आएको भूकम्पमा परेर मृत्यु भएका ६९ हजार मानिसको सम्झनामा विश्वव्यापी रुपमा शोक मनाएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।