file photo

कोरोना भाइरसको संक्रमण देखिएका तीन जिल्लामा र्‍यापिङ टेष्ट गरिने भएको छ।  शनिबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको संक्रमण देखिएका कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेष्ट सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

‘कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेष्ट तत्काल सुरु गरिनेछ। संक्रमित व्यक्तिका परिवार, उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको र्‍यापिड टेष्ट अघि बढाउने निर्णय भएको छ,’ उनले भने,‘बाँकीको पीसीआर विधिबाट परीक्षण हुनेछ।’  उनले कोरोनाको परीक्षण ठूलो स्केलमा थालिने बताए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।