हेटौंडा,२१ चैत,
हेटौंडा अस्पतालका पूर्वअध्यक्ष सुनिल मोक्तानले लकडाउको समयमा रातह सामाग्री वितरण गरेका छन् । मोक्तानले हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ रातोमाटे का विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने ३१ परिवारलाई खाद्यन्न सहयोग गरेका हुन् ।

मोक्तानले विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनमा विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई खाद्यन्नको अभाव नहास् भनेर सहयोग गरेको बताए । उनले चामल,दाल,तेल,सावुन,नुन तथा मस्यौरा सहित ३८ हजार बरारको खाद्यन्न सहयोग गरेको बताए । कार्यक्रम रातमाटे टोल विकास सस्थाको समन्वयमा भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।