हेटौंडा,२१ चैत,मकवानपुरको हेटौंडा ११, सिमलटार टोलका अति विपन्न ६३ परिवारलाई आज (शुक्रबार) आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारीको काममा जान नपाएपछि छाक टार्न समस्या भएकालाई सिमलटार टोल विकास संस्थाले स्थानीय संघसंस्था तथा व्यक्तिको सहकार्यमा प्रतिव्यक्ति २५ किलोको चामल एक बोरा, २ किलो दाल, तेल, साबुन, मास्क प्रदान गरेको हो ।

राहत वितरण कार्यका लागि स्थानीय विपन्न बचत तथा ऋण सहकारी संस्थाले दश हजार रुपैंया, क्युपेक नेपालले दश बोरा चामल, ५० किलो दाल, १० पाकेट नुन, कोरियन चर्चले दश हजार रुपैंया नगद र ६० वटा माक्स, सिमलटार टोल विकास समितिका अध्यक्ष मधु थापा मगले ३० लिटर दूध सहयोग गरेका हुन् । टोल विकास संस्थाका अध्यक्ष थापाको अगुवाईमा टोलमा रहेका अति विपन्न परिवारलाई लाई आवश्यक खाद्यान्न सहयोग गरिएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।