हेटौंडा,२१ चैत,श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल मकवानपुर गढी ५ सुन्दरधामले ईश्वरी प्रावि मकवानपुर गढी ६ मा रहेको आइसोलेसन वाडलाई चाहिने अत्यावश्यक सामग्री निशुल्क सहयोग गरेको छ । आज शुक्रबार कोभिड १९ को संक्रमण विरुद्ध सुरक्षाका निम्ति स्थापना गरिएको ५ शैयाको आइसोलेसन लाई आवश्यक सामग्री सहयोग गरिेएको विद्यालयका प्रधानाध्यापक सुनिल गौतमले जानकारी दिए ।

समितिले आइसोलेसन वाडमा राखिने सम्भावित बिरामीलाई र स्वास्थ्यकर्मीलाई चाहिने करिब ३५० माक्स, सेनिटाईजर, डेटोल साबुन, २ थान बाल्टी, ग्लोब्स, डोरम्याट लगायत सामग्री सहयोग गरेको हो ।

मकवानपुर गढी वडा नंबर ६ का वडा अध्यक्ष टीका प्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, प्रणामी सेवा समितिका अध्यक्ष बालकृष्ण घिमिरे, सचिव देबी प्रसाद अधिकारी, लिलाराज बञ्जारा, शिबराज तिमल्सेना, रामकृष्ण दाहाल, कृष्णप्रसाद हुमगाई, रामजी सापकोटा लगायतकाको उपस्थिती रहेको थियो । प्रणामी सेवा समितिले वडा नं ६ कै बागदली र डुम्रेकुना क्षेत्रलाई आवश्यक सामग्री समेत आजै वितरण गरेको सचिव देवीप्रसाद अधिकारीले बताए । समितले सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा परिपालना गरि सामाजिक दूरी कायम गर्दै कोभिड १९ लाई परास्त गर्न समेत सबैलाई आह्वान समेत गरेको छ । नेपालमा कोभिड १९ को सातौं संक्रमित ब्यक्ति समेत आजै भेटिएको अपुष्ट चर्चा चलिरहेको सन्दर्भमा थप सुरक्षित रहन सम्पूर्ण देशवासीमा समितिले आह्वान गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।