धेरैको तिर्खा लागेपछि मात्रै पानी पिउने बानी हुन्छ । तर हामीले पानी प्रसस्त पिउनु पर्ने हुन्छ । तिर्खा लागेर पानी पिउनु भनेको पानी कम भएपछि शरिरले पानी मागेपछि मात्रै हामीले पानी पिउनु हो । खाली पेटमा पानी पिउने हो भने यसका फाईदै फाईदा छन् । मानिसमा अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको भेरै नै महत्व छ । पहिलो फाईदा पेट स्वस्थ बनाउनु हो । खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएपछि प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी पिउँछन् ।

खाली पेट पानी पिउँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यसमा पनि मनतातो पानी उपर्युक्त मानिन्छ । अब हेर्नुहोस पानी पिउनुका फाईदाहरु :

१. खाली पेट प्रशस्त पानी पिउँदा पेटका विकार शौचमार्फत बाहिर गएपछि पेट सफा हुन्छ । जसले गर्दा पाचन प्रणालीलाई पनि सहयोग पुग्छ । तपाईलाई बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खानुहोला । खुलेर शौच आउछ ।

२. बाथरुम जाँदा जतिधेरै पानी पिएर जानुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ । त्यसैले बाथरुममा नुहाउन जाँदा पानी पिएर जानुहोस् ।

३. तपाईँलाई भोक नलाग्ने समस्या छ ? खाली पेट पानी पिउनुहोस् । तपाईलाई भोग लागेर आउँछ । बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनु भयो भने तपाईलाई भोक लागिरहने हुन्छ ।

४. मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु नै भएको अध्ययनको दावी छ । त्यसैले बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने सो समस्याबाट छुटकारा पाईन्छ । यतिमात्र नभई श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट समते जोगाउने गर्छ ।

५. पानी पिउदा शरिको कोलोन सफा गरि शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पु¥याउने भएकाले सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ ।

६. खाली पेटमा पानी पिएर डाईङि गर्दा तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुुहुन्छ । जसले गर्दा छोटो समयमा नै तौल समेत घट्छ ।

७. अल्छि लागेको समयमा एक गिलास पानी पिउनुहोला तपाईँको शरिरमा तुरुन्तै उर्जा मिल्छ ।

८. अनुहारको चमक बढाउनु परेमा खाली पेट प्रशस्त पानी पिउने गर्नुहोस् । प्रशस्त पानी पिउँदा विकार पदार्थ हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउने हुन्छ ।

९. स्वास्थ्यको लागि पानी अतिआवश्यक तत्व हो । शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई नहुने हुन्छ । प्रत्येक दिन खाली पेटमा पानी पिउने गर्नु भयो भने तपाईँको रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।